खोलामा डुवेर २ जनाको मृत्यु « Khabarhub

खोलामा डुवेर २ जनाको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लक्ष्मण ढुंगाना
बर्दिया– बर्दियामा घर नजिकैको खोलामा डुवेर २ जनाको मृत्यु भएको छ । ठाकुरवावा नगरपालिका वडा नम्वर ६ मोतिपुर स्थित गिठेखोलामा पौडी खेल्नेक्रममा दुई बालबालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

मृत्यु हुनेमा ठाकुरवावा नगरपालिका वडा नम्वर ६ मोतिपुरका राम बहादुर गिरीकी १० बर्षीया छोरी सीता गिरी र केशव नाथ योगीका ८ बर्षीय छोरा धु्रबनाथ योगी रहेको प्रहरीले जनाएको छ ।

शनिवार बेलुकी ५ बजे तिर गिठेखोलामा ड्याम बनाउनेक्रममा खाल्डो खनेको स्थानमा जमेको पानीमा नुहाउन लाग्दा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक प्रदिप कुमार डीसीले जानकारी दिए ।

घटना लगत्तै नेपाली सेना, प्रहरी, जनप्रतिनिधि लगायत उद्धारका लागि खटिएको थियो । ड्याम बनाउने क्रममा खनीएको खाल्डोमा डुवेका उनीहरुलाई नेपाली सेनाको शिवदल गणवाट खटीएको टोलिले मृत्यु भईसकेको अवस्थामा उद्धार गरेको थियो।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना