खोलामा डुवेर २ जनाको मृत्यु « Khabarhub

खोलामा डुवेर २ जनाको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लक्ष्मण ढुंगाना
बर्दिया– बर्दियामा घर नजिकैको खोलामा डुवेर २ जनाको मृत्यु भएको छ । ठाकुरवावा नगरपालिका वडा नम्वर ६ मोतिपुर स्थित गिठेखोलामा पौडी खेल्नेक्रममा दुई बालबालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

मृत्यु हुनेमा ठाकुरवावा नगरपालिका वडा नम्वर ६ मोतिपुरका राम बहादुर गिरीकी १० बर्षीया छोरी सीता गिरी र केशव नाथ योगीका ८ बर्षीय छोरा धु्रबनाथ योगी रहेको प्रहरीले जनाएको छ ।

शनिवार बेलुकी ५ बजे तिर गिठेखोलामा ड्याम बनाउनेक्रममा खाल्डो खनेको स्थानमा जमेको पानीमा नुहाउन लाग्दा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक प्रदिप कुमार डीसीले जानकारी दिए ।

घटना लगत्तै नेपाली सेना, प्रहरी, जनप्रतिनिधि लगायत उद्धारका लागि खटिएको थियो । ड्याम बनाउने क्रममा खनीएको खाल्डोमा डुवेका उनीहरुलाई नेपाली सेनाको शिवदल गणवाट खटीएको टोलिले मृत्यु भईसकेको अवस्थामा उद्धार गरेको थियो।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ३५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ