नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा सम्पन्न « Khabarhub

नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा सम्पन्न


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा रहेको ६६ औँ गण एसएसबी क्याम्प कार्यालय महाराजगञ्जमा मंगलबार सम्पन्न भएको छ ।

बैठकमा सीमामा शान्ति सुरक्षा, एकीकृत जाँच चौकी (आइसिपी) निर्माण, दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको नियमित मर्मत, मानव बेचबिखन, लागुऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण लगायतका विषयमा छलफल भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

उनले दुई देशबीच व्यापारको दृष्टिकोणले महत्वपूर्ण रहेको आइसिपी निर्माणमा देखिएको अस्पष्टता विषयमा बैठक केन्द्रित रहेको बताए । बेलहियामा निर्माणको क्रममा रहेको आइसिपीको ठेक्का प्रक्रिया सकिएको र केही दिनमै शिलान्यासको तयारी रहेको छ ।

यसका साथै बैठकमा भारतमा हुने आगामी नगरपालिकाका निकायको निर्वाचनमा नेपालको सहयोग विषयमा पनि छलफल भएको भारत महाराजगञ्जका प्रमुख जिल्ला अधिकारी सत्येन्द्र कुमारले जानकारी दिए ।

नगरपालिकाको निर्वाचनलाई मध्यनजर गर्दै सीमामा थप सतर्कता अपनाउन नेपाली पक्षसँग आग्रह गरेको र नेपाल प्रशासनले पूर्ण सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ०६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर