नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा सम्पन्न « Khabarhub

नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा सम्पन्न


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा रहेको ६६ औँ गण एसएसबी क्याम्प कार्यालय महाराजगञ्जमा मंगलबार सम्पन्न भएको छ ।

बैठकमा सीमामा शान्ति सुरक्षा, एकीकृत जाँच चौकी (आइसिपी) निर्माण, दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको नियमित मर्मत, मानव बेचबिखन, लागुऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण लगायतका विषयमा छलफल भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

उनले दुई देशबीच व्यापारको दृष्टिकोणले महत्वपूर्ण रहेको आइसिपी निर्माणमा देखिएको अस्पष्टता विषयमा बैठक केन्द्रित रहेको बताए । बेलहियामा निर्माणको क्रममा रहेको आइसिपीको ठेक्का प्रक्रिया सकिएको र केही दिनमै शिलान्यासको तयारी रहेको छ ।

यसका साथै बैठकमा भारतमा हुने आगामी नगरपालिकाका निकायको निर्वाचनमा नेपालको सहयोग विषयमा पनि छलफल भएको भारत महाराजगञ्जका प्रमुख जिल्ला अधिकारी सत्येन्द्र कुमारले जानकारी दिए ।

नगरपालिकाको निर्वाचनलाई मध्यनजर गर्दै सीमामा थप सतर्कता अपनाउन नेपाली पक्षसँग आग्रह गरेको र नेपाल प्रशासनले पूर्ण सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ०६ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को