सरकारले दिएको इन्डक्सन चुलोले विद्यार्थीलाई राहत | Khabarhub Khabarhub

सरकारले दिएको इन्डक्सन चुलोले विद्यार्थीलाई राहत


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकारले जेहेन्दार तथा दुर्गम क्षेत्रबाट काठमाडौँ आएर भाडामा बसेका सरकारी तथा सामुदायिक शिक्षण संस्थामा स्नातक तथा स्नातकोत्तर तहका अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर इन्डक्सन चुलो वितरण गरेको छ ।

नेपाल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नयाँ बानेश्वरमा उक्त इन्डक्सन चुलो माघ २० गते विद्यार्थीलाइ दिएको थियो ।

अहिले देशमा आर्थिक मन्दी र तरलताको अभाव भइरहेको बेला ग्यासको भाउ आकासिँदा विद्युतीय चुलोको प्रयोगले विद्यार्थीको जीवनमा निकै परिवर्तन आएको छ ।

सरकारले छात्रवृत्ति स्वरुप दिएको यो इलेक्ट्रोनिक चुलो काठमाडौँ उपत्यकामा निकै प्रभावकारी बनेको छ ।

यसरी सरकारले नै निःशुल्क दिएको विद्युतीय चुलोले विद्यार्थीमा उत्साह र हौसला र राज्यद्वारा अभिभावकत्व निर्वाह गरेको भान विद्यार्थीहरुमा पर्न गएको छ ।

‘सरकारले दिएको यो चुलोले हाम्रो ग्यासको पैसा बचाएको छ अब यो पैसा पढाइको काममा लगाउन सकिने भयो ।’ कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी कुशुम गौतमले भनिन्, ‘यो चुलोले हामीजस्तो गाउँबाट आएर भाडामा बस्नेको लागि सजिलो भएको छ ।’

विद्यार्थीको आवश्यकतालाई बुझेर छात्रवृत्तिमा सरकारले विद्युतीय चुलो दिन थालेको हो ।

‘अहिलेको परिस्थितिअनुसार, समयको मागअनुसार विद्युतीय चुलो पाएका छौँ । यो गौरवको कुरा हो ।’ सोही क्याम्पसमा अध्ययनरत अर्का विद्यार्थी प्रेमराज रेग्मीले बताए ।

साथै अन्य विद्यार्थीहरु अर्चना केसी, अञ्जली बस्नेत लगायतले पनि इन्डक्सन चुलो पाएकोमा सरकार तथा विद्युत प्राधिकरणलाई धन्यवाद दिएका छन् ।

अहिलेको अवस्थामा चारैतिर महङ्गी बढिरहेको अवस्थामा इन्डक्सन चुलोबाट विद्यार्थीले राहतको महसुस गरेका छन् ।

काठमाडौँ उपत्यकाका २ हजार ८ सय ६५ जनालाई इन्डक्सन चुलो दिइएको छ ।

विभिन्न दुर्गम जिल्लाबाट काठमाडौँमा आएर पढ्नेको लागि राज्यले दिएको यो सहयोग निकै महत्वपूर्ण रहेको लाभग्राहीले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ३८ बजे

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन