चैते दसैँका दिन आज विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुइँचो | Khabarhub Khabarhub

चैते दसैँका दिन आज विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुइँचो


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालु भक्तजन बिहान ४ बजेदेखि लामबद्ध थिए । मन्दिरमा पूजाका लागि नेपालीका साथै भारतबाट समेत भक्तजन सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

मन्दिरमा लाइनमा बस्न नसक्नेहरुले बाहिरबाटै दर्शन तथा टीका ग्रहण गरिरहेका जानकारी दिँदै उक्त समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले चैते दसैँको अवसर पारी टाढाटाढाबाट आएका भक्तजनले श्रद्धापूर्वक दर्शन गरिरहेको उल्लेख गरे ।

पछिल्लो समय भारतीय भक्तजनको सङ्ख्या बढेको र उनीहरु विन्ध्यवासिनी मन्दिर दर्शन गरेर मुक्तिनाथसम्म पुग्ने गरेका छन् । अधिकारीका अनुसार बिहीबार रामनवमीका दिन बिहान ८ देखि ११ बजेसम्म मर्यादा पुरुषोत्तम श्रीरामका बारेमा स्वामी डा. यतिराज आचार्यबाट विशेष प्रवचन हुनेछ ।

विन्ध्यवासिनीसँगै तालबाराही, भद्रकाली, लामाचौरको अकला मन्दिरलगायत धार्मिकस्थलमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ५९ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र