यी चार राशि भएका मानिसहरुमा हुन्छ अद्भुत क्षमता « Khabarhub

यी चार राशि भएका मानिसहरुमा हुन्छ अद्भुत क्षमता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रले मानिसको जन्म समयलाई लिएर विभिन्न फलादेश गर्दछ । जन्म समयकै आधारमा उसको राशि हुन्छ । तपाईमाथि ग्रह, नक्षेत्रको के कस्तो प्रभाव परेको हुन्छ यस विषयमा राशिले स्वतः दर्शाउँछ । तपाईका कतिपय गोप्या कुराको खुलासा पनि तपाईको जन्म कुण्डलीबाट थाहा पाउन सकिन्छ ।

त्यसबाहेक कुनै पनि व्यक्तिलाई उसको राशिको माध्यमबाट पनि चिन्न सकिन्छ । अर्थात राशिको अन्तर्यमा एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ । ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् ।

तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।

मेष राशि

यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् । मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।

बृश्चिक राशि

बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ ।

यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविष्यका सम्भावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यिनीहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यिनीहरु बुद्धिमान पनि मानिन्छन् । जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

मकर राशि

यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन्।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : २५ बजे

महिला सशक्त भए राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद

अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी

नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको

सिरहा– १ बाट रास्वपाका बब्लु गुप्ता निर्वाचित

सिरहा– सिरहा– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच