आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव | Khabarhub Khabarhub

आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम छ भने तराईका जिल्ला डुबानको चपेटामा परेका छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म ४३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १८ महिला र २५ पुरुष छन् । २४ जना अझै बेपत्ता छन् ।

वर्षाका कारण नदीका सतह बढेका छन् भने स्थानीय साना तिना खहरे खोला पनि उर्लिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) पनि मौसममा बदली हुने र भारी वर्षा हुने सम्भावना छ । मौसमविद बरुण पौडेलका अनुसार मनसुन न्यून चापिय रेखा (Monsoon Trough) मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक छ । त्यस्तै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र (Low Pressure Area ) कमझोर अवस्थामा छ। यि प्रणालिहरूका कारण मनसुन अझै सक्रिय ( Active) रहे पनि विस्तारै कमजोर हुदै जानेछ। अहिले देशभरका धेरै स्थानमा मनसुनी वर्षा जारी रहेको पनि पौडेलले बताए ।

मौसमविद पौडेलका अनुसार आज (आइतबार) पनि देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अझै वर्षा जारी रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले जनाए अनुसार पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर हल्का वढन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : २० बजे

आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि

वीरेन्द्रनगरमा चार अर्ब  ३८ करोड २७ लाख १५ हजार बजेट प्रस्ताव

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा

नेपालमा ‘सितारे जनिम पर’ अर्को साताबाट प्रदर्शनमा आउन लागेको हो ?

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’

सरकारको ध्यान सत्ता जोगाउने र पद बाँड्नेमा भएकाले  समर्थन फिर्ता लियौँ : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई

अवहेलना प्रतिवेदनमा विशेषको आदेश – समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू

काठमाडौँ – अदालतको अवहेलना भएको भन्दै पेश गरिएको प्रतिवेदनमाथि प्रारम्भिक