कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोह भोलि | Khabarhub Khabarhub

कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोह भोलि


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५/७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थीहरु दीक्षित हुनेछन् । स्नताक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशुचिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ जना गरी ७३२ जना दीक्षित हुनेछन् ।

स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ र पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ विद्यार्थी दीक्षित हुने उनले जानकारी दिए ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने र प्रमुख अतिथिका रुपमा भारतको डा. वाईएस पारमर विश्विद्यालयका उपकुलपति (भाइचान्सलर) प्रा. डा. राजेश्वर सिंह चण्डाल रहनेछन् ।

दीक्षान्त समारोहमा तीन वटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वोत्कृष्ठ अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एकरएक जनालाई कुलपति पदक प्रदान गरिने उनले बताए ।

विसं २०६९ बाट सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ विद्यार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधी कार्यक्रममा १४ विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ विद्यार्थी अध्ययन रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : १६ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते