अनलाइनबाट ठगी गर्ने नौ चिनियाँसहित १९ जना पक्राउ | Khabarhub Khabarhub

अनलाइनबाट ठगी गर्ने नौ चिनियाँसहित १९ जना पक्राउ


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितको समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो ।

उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ ।

उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

उनीहरूबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरिएको उनले बताए । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौं बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् ।

उनीहरूबाट १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : २३ बजे

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई

म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र

म्याग्दी- म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको