कोशी व्यारेज नै खतरामा, ५६ वटै ढोका खोलियो « Khabarhub

कोशी व्यारेज नै खतरामा, ५६ वटै ढोका खोलियो


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी–पानीको बहाब बढेसँगै व्यारेज नै खतरामा परेपछि सप्तकोशी व्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ ।

लगातार परेको पानीका कारण सप्तकोशीमा पानीको बहाब बढ्दो छ । पहाडी जिल्लामा पानी आउने क्रम अझै नरोकिएकाले यो बहाब अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए ।

नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए । ९ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख २१ हजार क्यूसेक पानी बगिरहेको बताइएको छ ।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।

सप्तकोशीमा पानीको बहाब बढेसँगै कोशी प्रभावित क्षेत्र डुबानमा पर्न थालेपछि व्यारेजका ढोका खोल्न स्थानीयले दबाब दिएका थिए ।

भारतलाई जोगाउने नाममा नेपाल डुबाउन पाइँदैन भन्दै सामाजिक सञ्जालबाट पनि बिरोध भएपछि सप्तकोशी व्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको हो ।

सबै ढोका खुल्ला गरिएपछि पानीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले व्यारेजमा पानीको बहाव ३ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।

राति गरिएको मापन अनुसार व्यारेजमा पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो ।

व्यारेजका ढोका नखोले पुल नै जोखिममा पर्ने भएकाले भारतीय समन्वयमा सबै ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ०४ बजे

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको