चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय « Khabarhub

चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवार बन्ने निर्णय लगत्तै उनले आफू धर्तिपुत्र भएको बताउँदै मंसिरको निर्वाचनको परिणाम वैशाखमा उल्टिने घोषणा गरेका छन्।

श्रेष्ठ चितवन कांग्रेसका पूर्व सभापतिसमेत हुन् । मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट चुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि यो क्षेत्र रिक्त भएको थियो।

अहिले लामिछाने पुन: नागरिकता लिएर चुनाव लड्ने तयारीमा रहेका छन्। नेकपा एमालेले पनि बलियो उम्मेदवार अघि सार्ने तयारी थालेको छ।

चितवन २ सहित देशका तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १२ : ११ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि