तनहुँ-१ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार उठाउने « Khabarhub

तनहुँ-१ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार उठाउने


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मंसिर ४ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्र रिक्त भएको हो ।

चितवन–२ मा भने जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। अब बारा २ मा उम्मेदवार तोक्न बाँकी छ। बारा २ मा सत्ता गठबन्धनको जसपालाई समर्थन गर्ने कि उम्मेदवार बनाउने भन्नेबारे कांग्रेसभित्र छलफल जारी छ।

१९ गते बस्ने बैठकबाट बारा २ बारे थप निर्णय हुने प्रवक्ता प्रकाशसरण महतले जानकारी दिएका छन्।

यी तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १२ : २० बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा