तनहुँ-१ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार उठाउने | Khabarhub Khabarhub

तनहुँ-१ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार उठाउने


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मंसिर ४ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्र रिक्त भएको हो ।

चितवन–२ मा भने जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। अब बारा २ मा उम्मेदवार तोक्न बाँकी छ। बारा २ मा सत्ता गठबन्धनको जसपालाई समर्थन गर्ने कि उम्मेदवार बनाउने भन्नेबारे कांग्रेसभित्र छलफल जारी छ।

१९ गते बस्ने बैठकबाट बारा २ बारे थप निर्णय हुने प्रवक्ता प्रकाशसरण महतले जानकारी दिएका छन्।

यी तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १२ : २० बजे

पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल

आईपीएल : लखनउ बाहिरियो, हैदरावादको जितमा अभिषेकले बनाए १८ बलमा अर्धशतक

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ