उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त « Khabarhub

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।

यही १८ चैतदेखि लागु हुने गरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैतदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि यही २० चैतमा उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको प्रवक्ता पौड्यालले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ४ : २३ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान