भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जना पक्राउ « Khabarhub

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जना पक्राउ


१६ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी ५० जनाभन्दा बढी पीडितबाट ३ करोड २४ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले सागर राईलाई पक्राउ गरेको हो ।

घटनाबारे परेका २ वटा छुट्टाछुट्टै किटानी जाहेरीका आधारमा ठगी गर्ने कार्यमा संलग्न राईलाई काठमाडौँको बालकुमारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई मुलुकी अपराध संहिताको दफा २४९ (१) र (२) बमोजिमको कसुर अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ५ : ४६ बजे

काठमाडौँमा ‘मलेसियन फुड फेस्टिभल’ हुँदै

काठमाडाैँ – काठमाडौंस्थित मलेसियाली दूतावासले मलेसियाको समृद्ध खाद्य संस्कृति, पर्यटन

नेप्से ८ अंकले बढ्यो, कारोबार ६ अर्बमाथि

काठमाडौँ– साताको कारोबारको आजको दिन शेयर बजारमा सामान्य सुधार देखिएको

नेपालका जोखिमपूर्ण चार हिमताल : कुन तालको अवस्था के छ ?

नेपालको उच्च हिमाली भेग बाहिरबाट जति शान्त र रमणीय देखिन्छ,

हिमतालको जोखिमबाट जोगाउन ‘जिएलओएफ सञ्जिवनी परियोजना’ कार्यान्वयन गरिँदै

काठमाडौँ– हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट

‘भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको हो’

काठमाडौं– नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले भविष्यको