नेप्से ८ अंकले बढ्यो, कारोबार ६ अर्बमाथि « Khabarhub

नेप्से ८ अंकले बढ्यो, कारोबार ६ अर्बमाथि


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको कारोबारको आजको दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.६६ अङ्कले बढेर २ हजार ६४७.६१ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०६ अङ्कले बढेर ४८४.४५ विन्दुमा पुगेको छ । त्यस्तै फ्लोट परिसूचक ०.५८ अङ्कले बढेर १८४.४८ र सेन्सेटिभ फ्लोट परिसूचक ०.५९ अङ्कले बढेर १६४.५४ विन्दुमा पुगेको छ ।

आज बजारमा १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ६ अर्ब १४ करोड ६० लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये तीनको सूचक बढेको छ भने १० उपसमूहको घटेको छ । आज १७० कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ । आठ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र कालिका लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस्तै उन्नति सहकार्य लघुवित्त, लक्ष्मी भ्यालु फण्ड र ओम मेगा फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ०४ बजे

देउवा समूहले दियो शशांकलाई समिति गठनको जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने

भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

कञ्चनपुर -कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट भारततर्फ अवैध रूपमा लैजान

सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

काठमाडाैँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्तोष यादवको कप्तानीमा

काठमाडौँमा ‘मलेसियन फुड फेस्टिभल’ हुँदै

काठमाडाैँ – काठमाडौँस्थित मलेसियाली दूतावासले मलेसियाको समृद्ध खाद्य संस्कृति, पर्यटन

नेप्से ८ अंकले बढ्यो, कारोबार ६ अर्बमाथि

काठमाडौँ– साताको कारोबारको आजको दिन शेयर बजारमा सामान्य सुधार देखिएको