सत्ता गठबन्धनको बैठक : शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति « Khabarhub

सत्ता गठबन्धनको बैठक : शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रबार मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाएर शुक्रबार नै सपथको कार्यक्रम गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरुसँग छुट्टाछुट्टैसमेत छलफल गर्नुभएको थियो । सत्ता साझेदार दलहरुको बीचमा कांग्रेसले आठ, माओवादी पाँच, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले दुई/दुई र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई एक ÷एक मन्त्रालय दिने सहमति भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १० : १३ बजे

नेपाललाई अन्तर्राष्ट्रिय रग्बी सिरिज

काठमाडौं- नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिज जितेको छ । सेभन्सको

तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा गएको सुक्खा पहिरोको अध्ययन गर्न

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता

मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले मानव बेचबिखन तथा शरीर बन्धक

मुख्यसचिव अर्याल भन्छन्ः संविधानको मर्मअनुरुप तीन तहका सरकारबीच समन्वय हुनुपर्छ

काठमाडौं – नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संविधानको मर्म र