काठमाडौँ – नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धानको टोलीले उच्च अदालत पाटनले ४ लाख आठ हजार जरिवाना र तीन दिन कैद सजाय तोकेपछि फरार रहेका गोरखा भिमसेनथापा गापावडा नं ०७ घर भई हाल सामाखुसी बस्दै आएका २७ वर्षीय प्रकाश भट्टलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौंको रामशाहपथबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया