क्रिकेटरद्वय राजवंशी र कँडेल सम्मानित « Khabarhub

क्रिकेटरद्वय राजवंशी र कँडेल सम्मानित


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ – विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवै जनालाई जनही रु एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरुको संरक्षण गर्नु सरकारको दायित्व भएको बताए ।

महानगरपालिका प्रमुख कोइरालाले खेलको माध्यमबाट विश्वमा मुलुकको नाम राख्न सकिन्छ भन्ने कुरा क्रिकेट खेलाडीले देखाएको उल्लेख गरे।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ०४ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ