आईपीएलको १६औं संस्करण आज सुरु हुँदै « Khabarhub

आईपीएलको १६औं संस्करण आज सुरु हुँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुति दिनेछन् ।

यसपछि ७:४५ बजे भारतको गुजरातको अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा उद्घाटन खेल सुरु हुनेछ । जसमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रिँदा चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् । होम एण्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टिम सहभागी हुनेछन् । जसमा ७४ खेल हुनेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा राजस्थान रोयल्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र कोलकता नाइट राइडर्स छन् । यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ३६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्