आईपीएलको १६औं संस्करण आज सुरु हुँदै | Khabarhub Khabarhub

आईपीएलको १६औं संस्करण आज सुरु हुँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुति दिनेछन् ।

यसपछि ७:४५ बजे भारतको गुजरातको अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा उद्घाटन खेल सुरु हुनेछ । जसमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रिँदा चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् । होम एण्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टिम सहभागी हुनेछन् । जसमा ७४ खेल हुनेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा राजस्थान रोयल्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र कोलकता नाइट राइडर्स छन् । यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ३६ बजे

युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल

काठमाडौं – स्विडेनले युरो कप फुटबलको समूह चरणको खेलमा जर्मनीमाथि

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

मोरङ– बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै