डलर साट्ने बहानामा ३० लाख ठगी गर्ने एक जना पक्राउ « Khabarhub

डलर साट्ने बहानामा ३० लाख ठगी गर्ने एक जना पक्राउ


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकाका ४ भन्दा बढी स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।

उपत्यकाको विभिन्न स्थानहरूबाट विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई साढे ३० लाख ठगी गर्ने एक जना पक्राउ परेका हुन्।

उनले भक्तपुरको दधिकोटबाट १९ लाख, भक्तपुर बालकोटबाट पाँच लाख पचास हजार, ललितपुर सानोगाउँबाट चार लाख र ललितपुर चाँगाथलीबाट दुई लाख ठगी गरेको सीसीटीभी फुटेजसहितको उजुरी परेपछि प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल बालकोट बस्ने २८ को भीमबहादुर तामाङलाई १५ चैतमा बालकोट बसपार्कबाट नियन्त्रणमा लिएको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : ५५ बजे

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र

अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ

काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् ।

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् ।

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर–  बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको