भारतमा रामनवमी मनाउन मन्दिरमा भेला भएका भक्तजन इनारमा खस्दा ३६ जनाको मृत्यु « Khabarhub

भारतमा रामनवमी मनाउन मन्दिरमा भेला भएका भक्तजन इनारमा खस्दा ३६ जनाको मृत्यु


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामनवमी पर्व मनाउन भारत मध्य प्रदेशको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए । इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् ।

आयुक्त देवस्करका अनुसार १४ जनाको उद्धार गरिएको छ । दुई जना उपचारपछि घर फर्केका छन् । एक जना अझै हराइरहेका छन् । पचहत्तर जना भारतीय सेनाका अधिकारीको १८ घण्टा लामो प्रयासमा उनीहरूलाई उद्धार गरिएको थियो ।

घटनाबारे जानकारी पाउने वित्तिकै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृहमन्त्री नरेन्द्र मिश्र घटनास्थल पुगेका थिए । उनीहरुले द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको निःशुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : ०४ बजे

प्रतिनिधिसभा निर्वाचन: आयोगले नौ प्रकारका सामग्री पठाउने

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भारतीय दूतावासले भन्यो : सुनिल थापा नेपाल र भारत दुवैका लागि स्मरणीय छन्

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले दिवंगत चर्चित अभिनेता सुनिल थापाको निधनप्रति

राष्ट्रिय झण्डासहित वानखेडेमा जम्मा हुँदै नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू

चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेताहरू

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक

रेशमको रिटमा सुनुवाइ हुँदै, निर्वाचन आयोगको निर्णयबारे आदेश आउन सक्ने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका प्रमुख संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी