जासुसीको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददाता पक्राउ « Khabarhub

जासुसीको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददाता पक्राउ


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वासिङटन- रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददातालाई पक्राउ गरेको छ । शीतयुद्धपछि पहिलो पटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन् । पत्रिकाले रुसी आरोप अस्वीकार गर्दै उनको तत्काल रिहाइको माग गरेको छ । साथै पत्रिकाले उनका परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

३१ वर्षीय इभान गर्शकोविचलाई रुसको चौथो ठूलो सहर येकातेरिनबर्गबाट बुधबार पक्राउ गरेको हो । रुसको सङ्घीय सुरक्षा सेवाले उनलाई गोप्य सूचना प्राप्त गर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको निर्देशनमा उनले रुसी सैनिक र उसका गतिविधिबारे सूचना सङ्कलन गरेको आरोप लगाइएको छ ।

रुसको गुप्तचर सेवा एफएसबीले पत्रकार गर्शकोविचलाई पक्राउ गरेको हो । शोभियत युगको गुप्तचर निकाय केजिबीको मुख्य उत्तराधिकारीका रूपमा एफएसबी परिचित छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : ३९ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा