मेक्सिकोको अध्यागमन हिरासतमा आगलागी प्रकरण : छ जनाविरुद्ध पक्राउ पुर्जी जारी « Khabarhub

मेक्सिकोको अध्यागमन हिरासतमा आगलागी प्रकरण : छ जनाविरुद्ध पक्राउ पुर्जी जारी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मेक्सिको- मेक्सिकोको अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउदाद ह्वारेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई बेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूले हालसम्म पाँच जनालाई पक्राउ गरिएको जानकारी पनि दिएका छन् ।

यसै साता ह्वारेजको अध्यागमन हिरासतमा मध्य तथा  दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको जलेर मृत्यु भएको थियो भने सत्ताइस जनाभन्दा बढी गम्भीर घाइते भएका थिए ।

हिरासतमा रहेका आप्रवासीले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर विरोध गर्दा उक्त घटना भएको थियो । अध्यागमन अधिकारी र सुरक्षाकर्मी आगो लागेको देखे पनि त्यसलाई बेवास्ता गर्दै आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

आगलागीमा  ज्यान गुमाउने तथा घाइते हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : ४३ बजे

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ