मेक्सिकोको अध्यागमन हिरासतमा आगलागी प्रकरण : छ जनाविरुद्ध पक्राउ पुर्जी जारी | Khabarhub Khabarhub

मेक्सिकोको अध्यागमन हिरासतमा आगलागी प्रकरण : छ जनाविरुद्ध पक्राउ पुर्जी जारी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मेक्सिको- मेक्सिकोको अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउदाद ह्वारेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई बेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूले हालसम्म पाँच जनालाई पक्राउ गरिएको जानकारी पनि दिएका छन् ।

यसै साता ह्वारेजको अध्यागमन हिरासतमा मध्य तथा  दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको जलेर मृत्यु भएको थियो भने सत्ताइस जनाभन्दा बढी गम्भीर घाइते भएका थिए ।

हिरासतमा रहेका आप्रवासीले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर विरोध गर्दा उक्त घटना भएको थियो । अध्यागमन अधिकारी र सुरक्षाकर्मी आगो लागेको देखे पनि त्यसलाई बेवास्ता गर्दै आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

आगलागीमा  ज्यान गुमाउने तथा घाइते हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : ४३ बजे

शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं – नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति

प्रदेशका कर्मचारी र तिनका परिवारको स्वास्थ्य बिमा अनिवार्य : मुख्यमन्त्री सिंह

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा स्वास्थ्य बिमाको

संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीको कार्यदल

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले संविधान संशोधनबारे

डिजिटल सुरक्षाबारे चेतना जगाउन टिकटकले गर्‍यो सेफ्टी एम्बेसडरसँग कार्यक्रम

काठमाडौं – कन्टेन्ट क्रिएटरहरूसँग सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारेमा