मुगुमा पाँचदिने सुत्केरी देवमायाले दिइन् एसईई  « Khabarhub

मुगुमा पाँचदिने सुत्केरी देवमायाले दिइन् एसईई 


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा एक सामुदायिक विद्यालयमा पाँचदिने सुत्केरी महिला शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छिन् ।

छाँयानाथ रारा नगरपालिका– १३ मा रहेको प्रकाश मावि लुममा अध्ययन गरेकी छात्रा देवमाया बोहोराले एसईईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको परीक्षा दिएकी हुन् । छोरालाई जन्म दिएको पाँचौँ दिनमा उनी एसईईमा सहभागी भएकी हुन् । उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएकी हुन् ।

तर, सुत्केरी भएकाले परीक्षाको तयारी राम्रोसँग गर्न नपाएको उनले बताइन् । ‘सुत्केरी भएदेखि राम्रोसँग आराम गर्न पनि पाएको छैन । परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएको छैन,’ उनले भनिन्, ‘जे भए पनि परीक्षा दिनै पर्‍यो । सकेको राम्रो गर्नेछु ।’

परीक्षा दिइरहँदा शिशुलाई स्तनपान गराउनुपर्ने र आफूले पनि बीच बीचमा आराम गर्नुपर्ने भए पनि परीक्षालाई भविष्य ठानेकाले सहभागी भएको उनले बताइन् ।

‘यो मेरो परीक्षा अहिलेको लागि मात्र होइन । यो त मेरो भविष्यसँग जोडिएको छ,’ उनले भनिन्, ‘मैले यो मूल ढोकालाई खुलाउन सकिन भने मेरो भविष्य के होला ? भन्ने लाग्छ । सबै कष्ट बिर्सेर पनि परीक्षामा सहभागी हुने निर्णय गरेको हुँ ।’

उनी जस्तै प्रभात मावि रोवाकी वसन्ती सेजुवालको पनि उस्तै छ । वसन्ती सेजुवाल पनि एक महिने छोरीसहित एसईई परीक्षा दिई रहेकी छन् ।

अपाङ्गता भएका परीक्षार्थीलाई १५ मिनेट समय थप गर्ने कानुनी व्यवस्था भए पनि सुत्केरी परीक्षार्थीका लागि थप सुविधा नरहेको महाकाली माध्यमिक विद्यालयको परीक्षा केन्द्रका केन्द्राध्यक्ष खड्ग बहादुर रोकायाले जानकारी दिए । तर, सुत्केरी परीक्षार्थीका लागि पनि केही सुविधा दिने तयारीमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : ०९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा