रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्वपूर्ण छ : मन्त्री खड्का « Khabarhub

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्वपूर्ण छ : मन्त्री खड्का


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्वपूर्ण भएको बताएका छन् ।

पद तथा गोपनियताको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने, “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्व छ ।”

मलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राणनीतिक महत्व रहेको बताए । यस्तै विषयका महत्वलाई बुझेर नै सरोकार सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने जानकारी गराए । उनले सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्वपूर्ण सुधारका कार्य गर्ने बताए

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ४२ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित