उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै « Khabarhub

उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन लड्ने उम्मेदवारको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।

शनिबार दिउँसो चार बजे पार्टी कार्यालय बसुन्धरामा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

यसअघि बिहीबार रास्वपले उपचुनाव लड्ने उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । जसअनुसार गत निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने नागरिकता विवादमा सांसद पद खारेज भएपछि सोही ठाउँबाट पुनः उपचुनाव लड्ने तयारी गरिरहेका छन् ।

त्यस्तै कांग्रेसबाट रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले तनहुँ–१ र नेपाल सुशासन पार्टी पार्टीबाट रास्वपा आएका रमेश खरेल बारा–२ बाट चुनान लड्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ३२ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो