हुम्लामा बाबुछोराले सँगै दिए एसइई « Khabarhub

हुम्लामा बाबुछोराले सँगै दिए एसइई


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।

जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा सर्केगाड गाउँपालिका–५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षीय छोरा यज्ञबहादुर शाहीले सँगै एसइईको परीक्षा दिएका हुन् । पुरानो पुस्ता र नयाँ पुस्ताका बाबुछोराले सँगै एसइईको परीक्षा दिएको कोट माध्यमिक विद्यालय एसइईका केन्द्राध्यक्ष मुमलाल आर्चायले जानकारी दिए ।

त्यस्तै हिमज्योति माध्यमिक विद्यालय सर्केगाड परीक्षा केन्द्रबाट सर्केगाड गाउँपालिका–१ का ५० वर्षीय बाबु नन्दलाल बुमी र १६ वर्षीया छोरी जयलक्ष्मी बुमीले पनि एसइईको परीक्षा दिएको केन्द्राध्यक्ष जयबहादुर धामीले बताए । त्यसैगरी अदानचुली गाउँपालिका–२ का ४८ वर्षीय कमलबहादुर बुढा र उहाँका २३ वर्षीय छोराले सूर्यदय माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन्।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : २९ बजे

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि