वि.सं. १९९४ असार २८ गते पण्डित मुरलीधर प्रसाद भट्टराई रामदेवी मानन्धरका जेठा सुपुत्रका रूपमा ईश्वर वल्लभको जन्म भएको हो। उनी नेपाली गीत सङ्गीत आकाशमा गीतकारका रूपमा मात्र होइन सञ्चारकर्मी, सम्पादक, सिनेमाका गीत लेखकको रूपमा परिचित छन्।
चलचित्र नायक विश्व बस्नेतद्वारा निर्मित चलचित्र अन्यायको टाइटल गीत ‘यहाँ अन्यायको गीत हेर’ उनले आफ्नो चेला रञ्जित गजमेरको सङ्गीतमा सजाएका थिए। नेपालको काठमाडौँ स्थित होटेल ब्लु स्टारमा २०३९ सालमा सम्पन्न भएको चलचित्र संघ गोष्ठीमा नेपालबाहेक भारत, अष्ट्रेलिया, बङ्गलादेशबाट पनि चलचित्र कर्मी सहभागी भएका थिए।
यो चलचित्र गोष्ठीको संघ गोष्ठी पत्र सम्पादन गर्ने ईश्वर वल्लभ विश्वस्त थिए। उनले नेपाली फिल्मको नाम सुझाउनुका साथै नाटकसमेत लेखेका छन्। उनले निलो सुर्यार्थ गीति नाटकसमेत गरेका छन्।
उनका गीतहरू एक पटक सुनेपछि बिर्सन सकिँदैन। नातिकाजी र अम्बर गुरुङले ईश्वर वल्लभलाई गीतकार बनाउनमा मुख्य भूमिका खेलेका छन्।
वल्लभका गीतहरू कतिले नबुझेको आरोप लगाएका छन्। उनको गीत बुझिँदैन भन्ने बारेका गायककार नारायण गोपालले आफ्नो एकल साँझ स्वर्णिम सन्ध्यामा भनेका थिए। २०४५ साल जेठ ८ गते शनिबार प्रज्ञा प्रतिष्ठानको मञ्चमा नारायण गोपालले यसरी भनेका थिए। स्वयम आफू ईश्वर वल्लभ नै गीतको बारेमा कुरा गर्दा हाँस्ने, जिस्कने, ठट्टा गर्ने गर्थे।
उनका गीतहरू एक पटक सुनेपछि बिर्सन सकिँदैन। नातिकाजी र अम्बर गुरुङले ईश्वर वल्लभलाई गीतकार बनाउनमा मुख्य भूमिका खेलेका छन्। उनले धादिङ बसेर लेखेका गीतको मुख्य भूमिका तथा गीत सङ्गीत गर्ने अहम् भूमिका अम्बर गुरुङको रहेको छ।
गुरुङपछि ईश्वर वल्लभको गीतलाई सङ्गीत गर्ने दोस्रो सङ्गीतकार कर्म योञ्जन हुन्। वल्लभको गीतलाई सङ्गीत गर्ने क्रममा नातिकाजी, अम्बर गुरुङ, कर्म योञ्जनपछि गोपाल योञ्जनको नाम आउँछ।
जब ईश्वर वल्लभको नाम चर्चामा गुन्जिँदै थियो ईश्वर वल्लभलाई भेट्न भनेर उनको दार्जिलिङको ठेगाना लिएर गायक नारायण गोपाल काठमाडौँबाट कटिहाल, गोरखपुर हुँदै दार्जिलिङ पुगेका थिए। उनी ईश्वर वल्लभको पाहुना भएर बसेका थिए।
ईश्वर वल्लभ र नारायण गोपालको भेट यादगार रहेको छ। २०२० साल भन्दा अगाडि नेपालमा कुनै गायक र कलाकारको फ्यान भन्ने शब्द नै हुँदैन थियो। तर ईश्वर वल्लभले नारायण गोपाललाई मेरो फ्यान भनेर भनेका थिए।
ईश्वर वल्लभ आफै नै क्रान्तिकारी चेतनाका कवि हुन। उनी सडकमा गरिने कुनै पनि कामको विरोध गर्थे। उनी भन्थे, ‘सडक केही गर्ने ठाउँ होइन, केही गर्नको लागि जाने ठाउँ हो।’
गीतकार नगेन्द्र थापा अहिले पनि ती दिन सम्झन्छन्। ईश्वर वल्लभले नारायण गोपाललाई चिनाउन हिमालय कला मन्दिर ल्याएको सम्झना उनलाई ताजै छ। एउटा अदिति आवाजका धनी गोपाललाई दार्जिलिङका सङ्गीतकारसँग उनले नै चिनाएका हुन्। ईश्वर वल्लभ नै मूल पण्डित भएर दार्जिलिङको माहांकाल डाँडामा २०२१ चैत ७ गतेका दिन मकलमा आगो बालेर नारायण गोपाल र गोपाल योञ्जनलाई मित लगाई दिएका थिए। त्यसपछि मितेरी सङ्गीतको युग सुरु भएको थियो।
पछि ईश्वर वल्लभ भन्थे, ‘मैले सानो घटना बनाएको थिए त्यसले इतिहास बनाएछ।’ २०६४ चैत ९ गते ईश्वर वल्लभको निधन भयो। उनको निधनसँगै नेपाली वाङ्मयको ठूलो इतिहासमा खाल्डो पर्यो।
उनले बनाएको सङ्गीतको राजमार्ग र बल्लवीय पथ विशाल र बृहत् छ। उहाँ रामहरि जोशीको स्कुल मलङमा पढाउन पुगे। त्यहाँबाट उनी भारतको केही प्रान्तसम्म मन बहलाउँदै दार्जिलिङको उकालो चढे। दार्जिलिङमा गएर उनले स्कुलमा नेपाली पढाउन थालेका हुन्।
दार्जिलिङमा ईश्वर वल्लभको अर्को एउटा परिचय थियो ‘सरदार’। त्यहाँ उनले स्कुलको भवन बनाउने निर्माण कम्पनीको ठेकेदार भएर काम गरे। उनलाई सहयोग गर्न काठमाडौंबाट एक जना सहयोगी मामा लगेका थिए।
ईश्वर वल्लभका धेरै गीतहरू गाउने नारायण गोपाल वैवाहिक जीवनमा बाँधिएपछि डेराको जीवनमा उनका केही गीतमा सङ्गीत भरेका थिए। नारायण गोपाल जहिले पनि ईश्वर वल्लभका गीत गाउँदा गजल शैलीमा लिन्छु भन्थे। सायद त्यो गजल शैलीकै हुन्थ्यो।
मामा र ईश्वर वल्लभ भएर स्कुल बनाएका थिए। कुल्ली जस्तो काम गरेर थाकेको समयमा गीत लेख्ने गर्थे। मितेरी युग सुरु भएपछि आएको गीत जुन प्रेरणादायी छन्। एक पत्रकार आफ्नो माता अस्वस्थ भएको खबर पाएर भेट्न जाँदै गर्दा रेलको डन्डी समात्दै जाँदा उनको मुखमा यो एउटा गीत गुन्जियो। बारम्बार गुन्जियो आमाको मृत्यु भएको खबर आउँदासम्म पनि गुन्जियो। त्यो गीत थियो ‘मलाई जिन्दगी लाग्दछ भन्छौँ तिमी प्रीत हौँ।’
यो ईश्वर वल्लभका गीतहरू बुझिँदैन भन्ने मान्छेको लागि एउटा सही उत्तर हो। ईश्वरले साधारण किसिमले लेखेका गीत सङ्गीतकारहरूले असाधारण तथा उच्च शैलीमा गाएका छन्।
ईश्वर वल्लभका धेरै गीतहरू गाउने नारायण गोपाल वैवाहिक जीवनमा बाँधिएपछि डेराको जीवनमा उनका केही गीतमा सङ्गीत भरेका थिए। नारायण गोपाल जहिले पनि ईश्वर वल्लभका गीत गाउँदा गजल शैलीमा लिन्छु भन्थे। सायद त्यो गजल शैलीकै हुन्थ्यो।
२०२५ सालमा रेडियो नेपालमा गायकका रुपमा उदाएका पूर्वाञ्चल धरानबाट आएका गायक दीप श्रेष्ठले ईश्वर वल्लभका दुई वटा गीत गाए। वल्लभको सङ्गीतलाई नजिकबाट बुझेर सङ्गीत गर्ने व्यक्तिको रूपमा दीप श्रेष्ठलाई चिनिन्छ। दीप श्रेष्ठका आफ्नै गीतकारहरू धेरै थिए। उनले आफ्नै गीत गर्दागर्दै ईश्वर वल्लभका धेरै गीत गाएका हुन्।
ईश्वर वल्लभले आफ्नो आमाले आत्महत्या गरेको पनि देखेका थिए। त्यसमा कविता पनि लेखेका छन्। मेरी आमाले आत्महत्या गरेको देश तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरको अगाडि घुँडा टेकेर बिन्ती चढाएको देखे। ‘मेरो पतिलाई छोडी दिनुस्’ भनेर बिन्ती गरेको उनले देखेका हुन्। यी सबै घटनाका साँची ईश्वर वल्लभ आफै नै क्रान्तिकारी चेतनाका कवि हुन। उनी सडकमा गरिने कुनै पनि कामको विरोध गर्थे। उनी भन्थे, ‘सडक केही गर्ने ठाउँ होइन, केही गर्नको लागि जाने ठाउँ हो।’
ईश्वर वल्लभ, भूपी शेरचन समकालीन रूपमा गीत लेख्ने लेखकहरू हुन। उनीहरू दुबैका गीतहरू नारायण गोपालले गाएका छन्। दुवैको गीत गाउँदा नारायण गोपालको पर्फमेन्स फरकफरक रहेको छ।
चलचित्रमा गीत लेख्न असाध्य रहर गर्ने ईश्वर वल्लभलाई नेपाली चलचित्रले सही रूपमा प्रयोग गर्न सकेन। उनका चलचित्रका केही गीत रेकर्ड भए। उनका केही फिल्ममा सल्लाहकारको भूमिका रहेको थियो। गीतकारका रूपमा उनको प्रयोग कम भयो। ईश्वर वल्लभका गीतमा जानी नजानी प्रयोग हुने व्यापक सन्दर्भहरू छन्। जुन हाम्रो साङ्गीतिक सन्दर्भमा कम मात्रामा स्पष्ट भएका छन्। ३० वर्षको अन्तरालपछि आफ्नो गीतमा ईश्वर वल्लभले आफ्नो नाम पाए, जुन २०५६ साल हो।
ईश्वर वल्लभ, भूपी शेरचन समकालीन रूपमा गीत लेख्ने लेखकहरू हुन। उनीहरू दुबैका गीतहरू नारायण गोपालले गाएका छन्। दुवैको गीत गाउँदा नारायण गोपालको पर्फमेन्स फरकफरक रहेको छ।
नारायण गोपालको जीवनमा ईश्वर वल्लभको गीतको अहम् भूमिका रहेको छ। ईश्वर वल्लभको सङ्गीत गर्ने क्रममा दीप श्रेष्ठ, नातिकाजी, अम्बर गुरुङ, भक्तराज आचार्य र रत्न बेहोसिले पनि सङ्गीत भरेका छन्। गीतकारको रूपमा उनको मूल्याङ्कन कम भएको छ।
वल्लभ भित्रका धेरै आक्रोश आमाको आत्महत्या, आमाको अपमान, पिताले आमालाई गरेको अस्वीकार यी धेरै कुराको पिडा उनले गीत मार्फत् कालान्तरसम्म पोखी रहन्थे। उनको परिवारमा विश्व वल्लभ कान्छा भाइ पनि गीतकार हुन। उनका गीत फरक रहेका छन्।
ईश्वर वल्लभ मूल रूपमा नेपाली सङ्गीत दार्जिलिङसँग जोडने प्रमुख सेतु हुन्। तत्कालीन राजा महेन्द्रको जस्तो उनको पनि मुख्य महत्त्व रहेको छ। ईश्वर वल्लभ भएको कारणले बनेको यो लामो इतिहास प्रति ईश्वर वल्लभलाई सम्मान व्यक्त गर्दछौँ।
ईश्वर वल्लभ र विश्व वल्लभ दुवैको गीत सुन्दा लाग्छ दुवै अलक भाव र कथन बोकेर आएको हुन। परिवार एकै हो तर फरक शैलीमा गीत लेखेका छन्। ईश्वर वल्लभको वैवाहिक जीवन दार्जिलिङमा भयो। पहलमान क्षेत्रीको छोरीसँग उनको विवाह भयो। त्यस पछि उनको निकटता बढ्दै गयो।
ईश्वर वल्लभ मूल रूपमा नेपाली सङ्गीत दार्जिलिङसँग जोडने प्रमुख सेतु हुन्। तत्कालीन राजा महेन्द्रको जस्तो उनको पनि मुख्य महत्त्व रहेको छ। ईश्वर वल्लभ भएको कारणले बनेको यो लामो इतिहास प्रति ईश्वर वल्लभलाई सम्मान व्यक्त गर्दछौँ।
जीवनको अन्तिम अन्तिममा उनलाई आफ्नो गीतप्रति माया पनि लाग्न थाल्यो। उनले केही गीतको पनि रेकर्डिङ गर्ने पहल पनि गरे। तर समयले उनलाई साथ दिएन। २०६४ साल भन्दा केही वर्षदेखि नै उनलाई नर्भिक अस्पतालमा ल्याउने लाने काम भइरहेको थियो।
काठमाडौँको थापाथलीको कुरिया गाउँमा बस्ने ईश्वर वल्लभ सक्रिय रूपमा पत्रिकामा दैनिक स्तम्भ लेख्ने गर्थे। त्यो साप्ताहिक रूपमा प्रकाशित हुन्थ्यो। उनले मञ्चमा बोल्दा पनि कविता जस्तो लाग्थ्यो। ती महान् ईश्वर वल्लभप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
(गीतकार ईश्वर वल्लभका बारेमा प्रकाश सायमीको भनाइको सम्पादित अंश:)
प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया