‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या : थप तीनजालाई समात्यो प्रहरीले « Khabarhub

‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या : थप तीनजालाई समात्यो प्रहरीले


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा आइतबार थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ २२ गते राति करिब ९:३० बजे ‘नेपाली ब्रो’ नामले चिनिने ३८ वर्षीय कुमार थापा मगरले श्रीमतीमाथि चक्कु प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएकी महिलालाई तारकेश्वर सिटी अस्पताल हुँदै थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले त्यही राति कुमार थापा मगरलाई पक्राउ गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा किटानी जाहेरीमा अन्य तीन जनालाई पनि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भई हाल तारकेश्वर–५ पैयुटार बस्ने ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य छन्।

प्रहरीले चारै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ६ : ४८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,