काव्य गोष्ठीमा सांस्कृतिक रूपान्तरणका कविता प्रस्तुत « Khabarhub

काव्य गोष्ठीमा सांस्कृतिक रूपान्तरणका कविता प्रस्तुत


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभ प्रभात काव्य गोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रूपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ ।

गोष्ठीमा डा. रमेश शुभेच्छु, चेतनाथ धमला, दिल पौडेल, प्रकाश सिलवाल, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, लीलाराज दाहाल, गङ्गा खतिवडा, रामकृष्ण आचार्य, पुरुषोत्तम रसुवा, रुवी सत्याल, जयराम बिडारीले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए ।

वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा. शुभेच्छुले कविताले राजनीतिक र सामाजिक क्षेत्रका विकृतिमाथि प्रहार गर्दै सुसङ्गत समय र समाजको परिकल्पना गरेको बताए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै प्रज्ञा सभा सदस्यमा नियुक्त नागार्जुनका संस्थापक सदस्य चेतनाथ धमलालाई संस्थाका अध्यक्ष दिल पौडेलले बधाई दिए ।

नागार्जुनले लोकतान्त्रिक आन्दोलनका समयमा सडक कविता कार्यक्रमका रूपमा हरेक महिना शुभ प्रभात काव्य गोष्ठीको थालनी गरेको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ३५ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया