रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काठमाण्डौका लागि छुटेको बा १६ च ३२२५ नम्बरको जीप खाँडादेवि–१ डाँडागाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा बोलेरो चालक खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङको घटनास्थलमै ज्यान गएको छ।

यस्तै, खाँडादेवि गाउँपालिका–७ का ३७ वर्षका रुपसिंह तामाङ, २३ वर्षकी सुष्मा तामाङ र उनका छोरा १० वर्षका नेस्नल तामाङ, ३३ वर्षकी सविना तामाङ र उनकी छोरी ७ वर्षकी कुुइन तामाङ, ४२ वर्षका दिनेश श्रेष्ठ र एक जना जापानका नागरिक ४३ वर्षकी सातो काजुभी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : ५२ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी