आज प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची | Khabarhub Khabarhub

आज प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली माथि दफाबार छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको छ । जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाकारी दिएको छ ।

हेर्नुस् कार्यसूची

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ६ : ५३ बजे

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने