बुटवल उपमहानगरद्वारा किसानलाई कृषि उपकरण प्रदान « Khabarhub

बुटवल उपमहानगरद्वारा किसानलाई कृषि उपकरण प्रदान


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो ।

बुटवल उपमहानगरपालिका–१४ मोतीगञ्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्जमकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा नगरप्रमुख पाण्डेयले तिनाउ पश्चिमका वडालाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए । नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने जनाए।

बुटवल उपमहानगरपालिकाले रु ११ लाख २२ हजार अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले बताए । उनले मकै पकेट विकास कार्यक्रममा आबद्ध किसानलाई मल, बीउ, कृषियन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको सुनाए ।

मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी तीन जातका हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकैखेती राम्रो उत्पादन भएको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : २४ बजे

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको

प्रकाशचन्द्र लोहनीले गरे मतदान

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। लोहनीले लिखु

सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ

काठमाडौँ – आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। हरेक मतदातालाई