बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय « Khabarhub

बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले बारा–२ मा सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन्।

यसअघिको कांग्रेस बैठकले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनले दुई क्षेत्रमा कांग्रेसका र बारा २ मा उपेन्द्र सत्ता गठबन्धन दलका साझा उम्मेदवार रहेको उनले बताए । यद्यपि सत्ता गठबन्धनको अर्को दल जनमत पार्टीबाट शिवचन्द्र कुशवाह पनि बारा २ बाट उम्मेदवार बनेका छन्। हालै मात्र आफूले भनेको मन्त्रालय नभएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको छ। तर गठबन्धन छोडेकोबारे कुनै जानकारी गराएको छैन।

एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ। बारा २ मा एमालेले उम्मेदवार टुंगो लगाउन बाँकी छ।

रास्वपाले चितवन २ मा सभापति रवि लामिछाने, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई अघि सारेको छ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १२ : ३९ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी