कांग्रेसले बारा, चितवन र तनहुँमा अनुशासन उल्लङ्घन गरेका नेतामाथिको कारवाही फुकुवा गर्ने « Khabarhub

कांग्रेसले बारा, चितवन र तनहुँमा अनुशासन उल्लङ्घन गरेका नेतामाथिको कारवाही फुकुवा गर्ने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचनअघि स्वतन्त्र उम्मेदवार भई पार्टीको अनुशासन उल्लङ्घन गरेका नेताहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा सम्पन्न बैठकले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, कांग्रेसले बारा–२ मा सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने पनि निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ । अघिल्लो कार्यसम्पादन समिति बैठकमा पेश भएका कार्यालय सञ्चालनसम्बन्धी निर्देशिका र नियमावलीलाई सुझावसहित पारित गर्ने निर्णय भएको पाण्डेले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १ : ४६ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर