नेपाली नाटक जापानमा मञ्चन हुने « Khabarhub

नेपाली नाटक जापानमा मञ्चन हुने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली नाट्यकर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले इम्ब्रियोनिक नाटकमा मानव विकासक्रम र अन्त्यसम्मको सङ्घर्षका गाथामा आधारित रहेको बताए । “कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउन खोजिएको उक्त नाटकलाई थप परिस्कृत गर्दै जापान लान लागिएको हो”, अध्यक्ष पौडेलले भने । टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको छ ।

केही महिना अघि मात्र तयार भएको उक्त नाटक कास्कीको पोखरा–१९ को ढिकीडाँडा रिसोर्ट, पोखरा थिएटर र काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त नाटक प्रदर्शन गर्न इन्द्रेणी थिएटरका अध्यक्ष एवं नाटकको लेखन निर्देशन केदारनाथ पौडेल र सोही संस्थाका कपील शर्मा र दीपेन्द्र पौडेल जापान जान लागेका छन् ।

नाटकको सङ्गीत शिवहरि अर्याल र अर्जुन गुरुङले निर्माण गरेका हुन् । नाटक तयार पार्नका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । विसं २०७६ मा स्थापना भएको इन्द्रेणी थिइटर स्थापना कालदेखि नाटक तथा साहित्यका अन्य विधामा काम गर्दै आएको जानकारी सो अवसरमा दिइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ५ : ३४ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान