नेपाली नाटक जापानमा मञ्चन हुने | Khabarhub Khabarhub

नेपाली नाटक जापानमा मञ्चन हुने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली नाट्यकर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले इम्ब्रियोनिक नाटकमा मानव विकासक्रम र अन्त्यसम्मको सङ्घर्षका गाथामा आधारित रहेको बताए । “कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउन खोजिएको उक्त नाटकलाई थप परिस्कृत गर्दै जापान लान लागिएको हो”, अध्यक्ष पौडेलले भने । टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको छ ।

केही महिना अघि मात्र तयार भएको उक्त नाटक कास्कीको पोखरा–१९ को ढिकीडाँडा रिसोर्ट, पोखरा थिएटर र काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त नाटक प्रदर्शन गर्न इन्द्रेणी थिएटरका अध्यक्ष एवं नाटकको लेखन निर्देशन केदारनाथ पौडेल र सोही संस्थाका कपील शर्मा र दीपेन्द्र पौडेल जापान जान लागेका छन् ।

नाटकको सङ्गीत शिवहरि अर्याल र अर्जुन गुरुङले निर्माण गरेका हुन् । नाटक तयार पार्नका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । विसं २०७६ मा स्थापना भएको इन्द्रेणी थिइटर स्थापना कालदेखि नाटक तथा साहित्यका अन्य विधामा काम गर्दै आएको जानकारी सो अवसरमा दिइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ५ : ३४ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले