कुवेतमा आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आगलागी, ३ नेपालीको मृत्यु « Khabarhub

कुवेतमा आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आगलागी, ३ नेपालीको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कुवेतको एक आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आगलागी हुँदा ३ जना नेपालीले ज्यान गुमाएका छन् ।

जसमध्ये दुई महिला र एक पुरुष कामदार रहेका छन् । आगलागीमा दुईजना गम्भीर घाइते भएका छन् भने १२ जनाको उद्धार गरिएको थियो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतको महाबुल्ला-२ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी भएको थियो । कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, गौरी दर्जी र अप्सरा कामी रहेका छन् । अप्सरा र गौरीको ठेगाना खुलेको छैन ।

गत शनिबार राति १२ बजेर २७ मा आगलागी भएको थियो । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ । नमहाबुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : ०७ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात