घरेलु मैदानमा पिएसजीको दोस्रो हार « Khabarhub

घरेलु मैदानमा पिएसजीको दोस्रो हार


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो।

पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो। उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गरेको गोल जीतका लागि काफी बन्न पुग्यो।

पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोली पिएसजीले पाहुना टोलीमाथि दवाव बढाए पनि गोल गर्न नसक्दा समग्र खेलमा दोस्रो पराजय बेहोर्नु परेको हो। पिएसजी यसअघि रेनेससँग २–० ले पराजित भएको थियो।

यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ भने पिएसजीले शीर्ष स्थानमा कायमै राखे पनि पराजयसँगै अग्रता बढाउनबाट भने चुकेको छ। शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंकमा छ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : १९ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले