राप्तीमा जोखिम : सुरक्षित स्थानमा बसिरहन आग्रह « Khabarhub

राप्तीमा जोखिम : सुरक्षित स्थानमा बसिरहन आग्रह


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अभैm रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।

भुजेलका अनुसार, सम्भावित बाढी र डुबानको अवस्थामा नागरिकको उद्धार, आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखिएको छ । नदीमा जल प्रवाहकोस्तर खतराको चिन्ह भन्दामाथि आएमा सायरन बजाउने व्यवस्था पनि मिलाएको प्रजिअ भुजेले बताए ।

बाँकेका झण्डै २४ हजार नदीय तटिय क्षेत्रका बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममापर्ने गरेका छन् । बाँकेको नेपाल—भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटिय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिम मोल्न बाध्य भएका हुन् ।

तटबन्ध र बाँधका कारण जिल्लाको होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका घरखेत डुबानमा पर्ने गरेका छन् । गत वर्षको बाढी र डुबानमा परी बाँकेमा ८ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना