नियमितभन्दा २० मिनेट बढी सुते फाइदा, दिमाग दुई गुणा बढी चल्छ « Khabarhub

नियमितभन्दा २० मिनेट बढी सुते फाइदा, दिमाग दुई गुणा बढी चल्छ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरु कार्यव्यस्तताका कारण राम्रोसँग आराम पनि गर्न पाइरहेका हुँदैनन् । आरामको कुरै छाडौँ राम्रोसँग सुत्ने समय पनि मिलेको हुँदैन । तर अध्ययनले के देखाउँछ भने पर्याप्त मात्रामा सुत्नु चाहिँ स्वास्थ जीवन जिउनु हो । स्वास्थ रहन प्रत्येक व्यक्तिका लागि कम्तीमा ८ घण्टा निद्रा आवश्यक हुन्छ ।

व्यस्त जीवनशैलीका कारण मानिसहरु राम्ररी सुत्न पाइरहेका हुँदैनन् । केही मानिस भने साना झप्कीमै निद्रा पुर्‍याउँने हुन्छन् । लामो समयसम्म अनिधो बस्नु पर्ने बाध्यता रहकाहरुका लागि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सक बताउँछन् ।

प्रत्येक व्यक्तिका लागि कम्तीमा ८ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै ८ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।

सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनुहुन्छ । अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी घढ्छ अनि तौल बढ्न पाउँदैन ।

अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।

नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ । तपाईं पनि स्वास्थ्य कायम राख्न चाहनुहुन्छ भने २० मिनेट बढी सुत्नुहोस् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : ०१ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको