पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री शर्मा « Khabarhub

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री शर्मा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताएकी छिन् ।

सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताइन् । मन्त्री शर्माले भनिन्, ‘सरकार पत्रकार महिलाका विषयमा गम्भीर छ, के गरेर सहयोग गर्न सकिन्छ, सल्लाह गरेर अघि बढौँ ।’

उनले आमसञ्चार विधेयक सञ्चार मन्त्रालयले अधि बढाएर पत्रकारलाई तालिम दिनेखालको एकेडेमी निर्माण गर्ने र त्यसले महिलाको व्यावसायिकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरीन् । कानूनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै मन्त्री शर्माले महिलाको विकास भनेको समग्र मानवको विकास हुने बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिलालाई टिकाइरहनका लागि चुनौतीपूर्ण भएको उल्लेख गर्दै पत्रकार महिलालाई सक्षम बनाउनुपर्ने बताए । उनले पत्रकारिताका महिलालाई टिकाइरहनका लागि नेतृत्व तहबाटै पहल गर्न जरुरी रहेको आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रमेश विष्टले महासङ्घ समावेशी संस्था भएको उल्लेख गदै महासङ्घमा १७ प्रतिशत महिला भएको बताए । उनले महिलालाई प्राथमिकतामा राखेर समान अवसर दिएको बताउँदै आगामी दिनमा पनि महिला पत्रकारलाई हरेक अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे)का अध्यक्ष संगीता लामाले महिला पत्रकारको हकहित र व्यावसायिक सुरक्षाका लागि काम गरिरहेकोप्रति खुसी व्यक्त गरिन् ।

सञ्चारिका समूहका संस्थापक अध्यक्ष वन्दना राणाले धेरै दुःखले स्थापना गरेको संस्था यहाँसम्म आइपुग्दा धेरै काम भइरहेको र पत्रकार महिलाको अझ व्यावसायिकता विकास गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चारिका समूहकि पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकार महिला ८८ प्रतिशत अनलाइन हिंसामा परेको अध्ययनले देखाएको बताउँदै पत्रकार महिलाको व्यावसायिक र पेसागत सुरक्षा गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चारिका समूहकि पूर्वअध्यक्ष निर्मला शर्माले निर्णायक तहमा पत्रकार महिलालाई पुर्याउने, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने बताइन् ।

सञ्चारिका समूहकि पूर्वअध्यक्ष नितु पण्डितले पत्रकार महिलालाई जुनसुकै अवस्थामा पनि पेसागत र व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिइन् । समारोहमा सञ्चारिका अग्रणी सम्मानद्वारा रिना गुरूङ र सूर्यकुमारी पन्त, समानता पुरस्कार सिर्जना खड्का ( २० हजार रुपैयाँ), उमासिंह पत्रकारिता पुरस्कार रिना थापा ( १० हजार रुपैयाँ) र प्रोत्साहन पुरस्कार निशा श्रेष्ठ र ज्ञानु घिमिरेलाई (१०/१० हजार रुपैयाँ) सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदान गरिन् ।

पुरस्कृत व्यक्तित्व सिर्जना खड्काले पुरस्कारले आगामी दिनमा कलम चलाउनका लागि थप प्रोत्साहन गरेको महसुस भएको सुनाइन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : २२ बजे

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ