स्टालिनको स्मृतिमा आयोजित रक्तदानमा माधव नेपालले भने : अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ « Khabarhub

स्टालिनको स्मृतिमा आयोजित रक्तदानमा माधव नेपालले भने : अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट युवा सङ्घ नेपालले आलोकनगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै रक्तदानले अरुको जीवन बच्ने हुँदा यस्ता कार्यमा चेतना फैलाउन आग्रह गरे ।

आफूसँग भएका कुनै पनि अङ्ग वा वस्तुको दानबाट अरुको कल्याण हुन्छ भने त्यस्ता कुरामा युवालाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रक्तदान कार्यक्रमका सहभागी युवाको सराहना गरे ।

उनले मानव जीवनका लागि रगत अत्यन्तै आवश्यक रहेको भन्दै सम्बन्धित बिरामीका लागि यो प्राणवायु जस्तै महत्वपूर्ण हुने बताए । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष नेपालले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।

युवावर्ग सामाजिक कार्यमा क्रियाशील हुनपर्छ भन्ने सन्देश प्रवाह गर्न कम्युनिष्ट आन्दोलनका अन्तर्राष्ट्रिय तहका तत्कालीन नेता स्टालिनको स्मृतिमा रक्तदान गरिएको युवा सङ्घ नेपालका नेता तीर्थलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : १७ बजे

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री