अवैध लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित तीन जना पक्राउ


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पर्सा र कास्कीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ रजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ९० मिलिग्रामसहित बारा कलैया उपमहानगरपालिका-१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २००  एम्पुल र फेनारगन २ सय एम्पुलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा सुघौली गाउँपालिका बस्ने ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६१७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ३५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा