भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : मुख्यमन्त्री शाह | Khabarhub Khabarhub

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : मुख्यमन्त्री शाह


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताएका छन् । आर्थिक मामिला मन्त्रालयद्वारा आज धनगढीमा आयोजित पूर्वबजेट छलफलमा मुख्यमन्त्री शाहले भ्रष्ट्राचार नियन्त्रणका लागि सरकार कठोर भएर अघि बढेको स्पष्ट पारे ।

“भ्रष्टाचार नियन्त्रणका लागि सुझाव दिन गठन भएको प्रदेश कार्यतर्जुमा समितिले काम गरिरहेको छ ।” मुख्यमन्त्रीले भने । जनप्रतिनिधि र कर्मचारीले आपसमा सहकार्य गरेर उपलब्ध साधन स्रोत जनताका पक्षमा हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहबाट माग भई आएका योजनालाई प्राथमिकता दिने बताए । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्राप्त सुझावलाई समेटेर बजेट निर्माण गरिने बताए।

दुई दिने उक्त छलफल कार्यक्रममा प्रदेशका मुख्य सचिव, सचिव र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : १० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न