मन्त्री मोदीद्वारा सुर्योदयमा निर्माणाधीन परियोजनाको अनुगमन | Khabarhub Khabarhub

मन्त्री मोदीद्वारा सुर्योदयमा निर्माणाधीन परियोजनाको अनुगमन


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इलाम- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईसँगको सहकार्यमार्फत कार्यान्वयन भइरहेको परियोजनाको अनुगमन गरेका छन् ।

मंगलबार इलामको सूर्योदय नगरपालिकामा प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट कार्यान्वयन भइरहेको परियोजनाको मन्त्री मोदीले अनुगमन गरेका हुन्

मन्त्री मोदीले सूर्योदय नगरपालिकास्थित निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाकअन्तर्गत् वडा नम्बर ६ स्थित कन्याम डुँडेगैरा, कन्याम भञ्ज्याङको पर्यटकीयस्थल, वडा नम्बर ०८ स्थित मानेडाँडामा निर्माणाधीन सिसाको पुलको अनुगमन गरेका हुन् । अनुगमनकै क्रममा मन्त्री मोदीले वडा नम्बर ८ स्थित सामुदायिक होमस्टे निर्माणको सम्भाव्यता अध्ययनको सन्दर्भमा स्थानीयसँग अन्तर्क्रिया समेत गरे ।

१० करोड ८१ लाखको कुल लागत साझेदारीमा निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाक निर्माणसँगै स्थानीयको आर्थिक जीवनस्तर उकास्ने र लोपोन्मुख लेप्चा जनजातिको ऐतिहासिक र सांस्कृतिक पक्षहरूको संरक्षणको लक्ष्य परियोजनाले राखेको छ ।

नगरपालिकाको १४ मध्ये ६ वटा वडामा यो परियोजना अन्तर्गत काम भइरहेको छ । अनुगमनको क्रममा मन्त्री मोदीले निर्माणाधीन परियोजनाका कामहरू समयमै सम्पन्न गर्न निर्देशन दिए । कामको गुणस्तरीयताको नियमित रूपमा अनुगमन गर्न पनि मातहतका कार्यालय प्रमुखलाई मन्त्री मोदीले निर्देशन दिए ।

यस परियोजनाअन्तर्गत कोशी प्रदेशमा १० वटा परियोजना सञ्चालन भइरहेको छ । यस परियोजना अन्तर्गत देशभर ५७ वटा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटाले जानकारी गराए ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटा, प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई, मुख्यमन्त्री कार्यालय, कोशी प्रदेशका टोली प्रमुख प्रणय शर्मा, प्रदेश सुशासन केन्द्र, झापाका टोली प्रमुख अनिता गुराँगाई, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, १० नम्बर वडाका वडाध्यक्ष पेमा उगेन लामा, आइपिएफ फोकल पर्सन सिर्जन गदाललगायत उपस्थित थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १ : ३८ बजे

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित