विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट | Khabarhub Khabarhub

विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका-८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउँदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बसको चालकमाथि मंगलबार कुटपिट भएको छ ।

काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने वर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरीत दिशातर्फ जाँदै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४/५ जना पुरुषले गालीगलौज गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । घटना मंगलबार बिहान साढे १० बजे भएको प्रहरीले जनाएको छ । उनीहरूले निज चालकलाई मार्नेसमेत धाकधम्की दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उक्त कार र सवार व्यक्तिहरू कुटपिटपछि गुण्डुतर्फ फरार भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । फरार उनीहरूलाई कारसहित पक्राउ गरेको र अहिले सोधपुछ कार्य जारी रहेको एसपी केसीले जनाए ।  बस चालकको घाँटीमा भित्री चोट लागेको जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : २० बजे

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा