करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह | Khabarhub Khabarhub

करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउन आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर करको दायरा बढाएर राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो । “करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्छ”, चेम्बरले भनेको छ ।

अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्ने बताए । बिल लिने÷दिने व्यवस्थालाई पनि अनिवार्यरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ थियो । अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न आग्रह गरे । उनले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पूँजीगत खर्चमा टाइम बाउण्ड एक्सन प्लान बनाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न आग्रह गरेको छ ।

भेटमा अर्थमन्त्री डा महतले सरकारले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताए । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको उनको भनाइ थियो । “अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले नेपाल राष्ट्र बैंकका गर्भनरलगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरिरहेको छु”, उनले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : ५३ बजे

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै

दसैँसम्म मितेरी पुल निर्माण हुने

रसुवा– नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे

काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन