पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला | Khabarhub Khabarhub

पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी – चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ ।

चलचित्रका क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ दुई दिने कार्यशाला आयोजना गरिएको चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।

करिब ५० जना पत्रकार सहभागी कार्याशालामा सुरेश रानाभाट, केशवशरण लामिछाने र नारायण अमृतले प्रशिक्षण दिएका थिए । कार्याशालाको उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले घलेल धेरै पर्यटकीय सम्भावना बोकेको स्थान रहेर पनि ओझेलमा परेको बताए ।

मर्दी हिमाल, खुमैलगायतका स्थानमा जाने प्रमुख गन्तव्य घलेल भए पनि यसको पर्यटकीयरूपमा विकास हुन नसकेको उनले बताए । प्राचीन मौलिक बस्तीसँगै नजिकबाट हिमाल नियाल्नका लागि पनि घलेल उपयुक्त गन्तव्य रहेको भन्दै उनले गाउँमाथि रहेका तारे बराह, महागुरु गुम्बा आदि धार्मिकरूपमा विशिष्टस्थल भएको बताए ।

माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले पछिल्लो समयमा बसाइँसराइको बढ्दो क्रम घलेलका लागि चुनौती बनेको बताए । चलचित्र छायाङ्कनका लागि घलेल उपयुक्तस्थल भएको बताउँदै उनले यसको प्रवर्द्धनको खाँचो औँल्याए।

चलचित्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समिर बलामीले कृष्णचन्द्रसिंह प्रधानदेखिको चलचित्र पत्रकारिताको इतिहास रहेको उल्लेख गर्दै यस्ता तालिम तथा कार्यशालाले यस क्षेत्रमा कलम चलाउनेलाई थप परिष्कृत बनाउने बताए ।

कार्यक्रममा चलचित्र पत्रकार सङ्घ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, कार्यक्रम संयोजक सुरेश सुनार, घलेल सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङ, नेपाल पत्रकार महसङ्घ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सङ्घका सचिव सन्तोष बस्याललगायतले बोलेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ३२ बजे

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी

स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै

काठमाडौं– यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका