धनकुटा बजारमा नाङ्गो तार हटाउन थालियो « Khabarhub

धनकुटा बजारमा नाङ्गो तार हटाउन थालियो


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटा बजार क्षेत्रमा विद्युत्को नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको छ । फैलिएको धेरै नाङ्गो तारको सट्टामा एउटै केवलको लठ्ठाभित्र तार राखेर केवल प्रविधिमा विद्युत् लाइन विस्तार गरिएको छ ।

पहिलो चरणमा मंगलबारदेखि नगरको मुख्य बजार मदन चोकदेखि परिचय मोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत् प्राधिकरण धनकुटाका प्रमुख पह्लाद पोखरेलले जानकारी दिए ।

तारलाई रबरले बाहिरबाट ढाकिने हुनाले छुँदा करेन्ट नलाग्ने पोखरेलले बताए । सम्भावित करेन्ट लाग्ने जोखिमबाट नगरवासीलाई सुरक्षित राख्न क्रमिकरूपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सुनाए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ५५ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३