अंगालोका महिलाको बहादुरी | Khabarhub Khabarhub

अंगालोका महिलाको बहादुरी


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गृह युद्धले प्रताडित अंगोलाको बारुदी सुरुङ भित्र जीवन बिताउनेको पीडा आफ्नै ठाउँ छ। त्यसो त त्यहाँको गृह युद्ध सकिएको २७ वर्ष भइसकेको छ। तथापि त्यहाँको बारुदी सुरुङ भित्रको पीडा र कथा आफ्नै ठाउँमा छ। यस्तै धेरै कथा मध्ये हेलेना कासाङ्गाको पीडा पनि कम्तीको छैन। उनी भन्छिन्, ‘मैले जे भोगे मेरी छोरीले पनि त्यही भोगे हुन्थ्यो भन्ने मलाई छैन।’ पूर्वी अंगोलाको मोक्सीकोमा बसोबास गर्ने उनका आफ्नै खाले पीडा र वेदना छन्। ती सबै पीडा भुलाउँदै काखमा तीन वर्षीय छोरी च्यापेर गुनासो गर्ने उनलाई देख्ने जो कोहीले पनि मनमा त्यत्ति सारो पीडा होला भनेर कल्पना समेत गर्न सक्दैनन्।

साना जो अहिले अबोध छिन्, एक दिन उनी ठूली भएर यो थाहा पाउने छिन् कि उनकी आमाले वर्षौसम्म किन बारुदी सुरुङ सफा गरेर बस्नु परेको थियो। दुई दशकअघि नै सकिएको त्यस युद्धको समयमा बिछ्याइएको सुरुङ र त्यहाँ राखिएका बम विस्फोट भएका कारण अहिले पनि लाखौँ व्यक्तिको ज्यान गइरहेको छ।

सन् २०१४ मा त्यहाँको सरकारले गरेको सर्वेक्षण अनुसार ८८ हजार घाइते भएर नै बसेका थिए। यसको सबै तथ्याङ्क सरकारसँग पनि नभएको दाबी धेरैको छ। अन्तर्राष्ट्रिय निकाय, गैर सरकारी संस्था र मानव अधिकारवादी संस्थाले यस बारेमा अध्ययन र चासो यसअघि पनि लिएका थिए। ती सबैको दाबी हो कि त्यो सरकारी तथ्यांक अपुरो नै छ। वास्तविक घाइतेको सङ्ख्या अत्यन्त धेरै हुन सक्छ। अझ भनौँ लाखौँमा हुनसक्छ।

तीन महिना अघि मात्र मोक्सिमो प्रान्तमा भएको एक विष्फोटमा ६ वर्षीय बच्चा मरेकी थिइन्। अन्य ६ जना घाइते भएका थिए। स्थानीय सञ्चार माध्यमले जनाए अनुसार मैदानमा भेट्टाइएको बमसँग बच्चा निस्फिक्रीसँग खेली रहेका थिए। त्यो बम विस्फोट भएर नै उनीहरूको ज्यान गएको हो।

‘यो सबैको कथा यस्तै हो। अंगोलामा बमले घाइते हुनेको पीडा नै थाहा नपाउने सायदै कोही होला। हामे समुदाय र देशका लागि यो चक्रलाई अन्त्य गर्न जरुरी छ’, कासाङ्गोले भनिन्।

बारुदे सुरुङ अन्त्य गर्ने सोचका साथ सन् १९८९ मा स्थापित गैर सरकारी संस्था माइन्स एडाइजरी ग्रुपमा उनी काम गर्छिन्। यो अभियान अंगोलासहित ७० देशमा चली रहेको छ। अंगोलामा ७३ हजार हेक्टरमा यस्ता सुरुङ फैलिएका छन्। यो सफा गर्ने हो भने १० हजार वटा फुटबल मैदान बराबर हुन्छन्।

यी सुरुङहरू जीवनको जोखिम मात्र होइनन्, उपयोगी भूमिको दुरुपयोग पनि हो। यसरी सुरुङ बनाएर राखिएकै कारण धेरै कृषि योग्य जमिन नै खेर गइरहेको छ।

तेल उद्योगमा पनि धेरै बम वर्षा भएको इतिहास अंगोलाको छ। गृह युद्ध र यावत समस्याले आक्रान्त भएको सो देश संसारकै गरिब देशको सूचीमा छ। विश्व बैंकको तथ्यांक अनुसार त्यहाँको आधा भन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनी छन्। उनीहरूको दैनिक प्रतिव्यक्ति आय दुई अमेरिकी डलर भन्दा कम छ।

‘सुरुङले जीवनलाई जोखिम त बनाएको छ नै। साथै अर्थतन्त्रलाई डामाडोल पनि बनाएको छ। युद्ध सकिए पनि त्यहाँका मानिसलाई आफ्नो पुरानो जीवनमा फर्कन कठिन भइरहेको छ ’, म्यागका कार्यकारी निर्देशक डारेन कोर्माकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यसले मानिसलाई गरिबी मात्र होइन डरमा पनि धकेलेको छ।’

महिला धेरै जना गरिबीमा छन्। यस कारण कासाङगो जस्ता महिला जोखिम मोलेर नै सुरुङ सफा गर्ने काममा आफूलाई समर्पित गर्न बाध्य छन्। जोखिम भए पनि त्यो कामका लागि राम्रो तलब सुविधा दिइएको छ। प्रति महिना चार सय ४० देखि ६ सय अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ। सो पुरस्कार रकमले उनीहरूको आर्थिक अवस्था धेरै मजबुत भएको मानिन्छ। त्यो सुविधा अंगोलाको औसत तलब मान भन्दा धेरै माथि हो।

अंगोलाको ४० प्रतिशत भन्दा बढी महिला कुनै नै कुनै रूपमा यस कार्यमा संलग्न भएको जनाइन्छ। सुरुङ सफा गर्ने अभियान नै चलाएको अर्को संस्था हालो ट्रस्टले सञ्चालन गरेको क्षेत्रमा ६ सय जना रहेका छन्।

मानवीय जोखिम रहेको सुरुङको क्षेत्रमा भने पुरुषको उपस्थिति र प्रभाव धेरै छ। किनकी त्यहाँ विशेषज्ञ डिस्फोजल टिमको आवश्यकता हुन्छ। यस कारण सैनिक पृष्ठभूमि भएका पुरुषको आवश्यकता धेरै छ,’ कोरम्याक्सले भनेको छ।

त्यहाँ रहेको लैङ्गिक असमानता पनि हटाउने तथा महिलालाई पनि आर्थिक रूपले सबल बनाउने त्यस संस्थाले महिलालाई यस काममा बढी दक्ष बनाउने नीति कोरम्याक्सले लिएको छ। कासाङ्गो लगायत उनको टोलीले साताको ६ दिन दैनिक ६ घण्टाको दरले यो काम गर्ने गरेको छ। सुरुङ भित्रको जोखिमपूर्ण काम गर्नेहरू उनीहरू अहिले धेरैका लागि चासोको पात्र समेत बन्ने गरेका छन्।

गह्रुङ्गो गेयरमा सजिएका उनीहरू आफूलाई सुरक्षित राख्न त्यसै अनुसारको पहिरनमा भेटिन्छन्। जमिन भित्र लुकाइएको जोखिमपूर्ण वस्तु पहिचान गर्न मेटल डिटेक्टर त साथमा हुने नै भइहाल्यो। एक पटक सही स्थान पत्ता लगाइ सकेपछि बम विस्फोटका विज्ञहरू त्यसलाई डिस्पोज गर्न त्यहाँ पुग्ने गरेका छन्।

‘मेरी आमा र मेरा भाइलाई मैले यो काम गरेको मन परेको छैन। उनीहरूको विचारमा यो महिलाले गर्ने काम नै होइन’, म्यागमा आबद्ध २७ वर्षीय जाक्वीना बारबोसाले भनिन्। उनी अगाडी भन्छिन्, ‘म पाँच वर्षदेखि यो काम गरी रहेको छु। मेरो आवश्यकता पुरा गर्ने काम गर्नु मेरा लागि जरुरी छ। भाग्यवश कुनै कुराले मलाई रोकेको छैन। धेरै पुरुष यो काम जोखिम भन्दै बीचमै छाडेर गएका छन्।’ यी सबै कुरा भनी रहँदा उनको मुहारमा चिन्ता भन्दा पनि बढी मन्द मुस्कान छाएको थियो।

यो बहादुरी पूर्ण काम गर्नेको सूचीमा ३५ वर्षीया एन्गोला ग्रेस मारिन्डा पनि छिन्। उनी गएको पाँच वर्षदेखि यस काममा सक्रिय छिन्। सन् २०१३ मा यो सबै सफा गर्ने त्यहाँको सरकारले प्रतिबद्धता जनाए पनि त्यो समय सीमा बढाएर सन् २०१८ को सीमा तय भएको थियो। यो समयमा पनि काम सकिएको छैन। म्यागकै अनुसार दाताको अभावका कारण यो ढिलाइ भएको हो।

एक तथ्याङ्कका अनुसार सन् २०२१ मा संसार भरीमा सुरुङमा पाँच हजार ५ सय ४४ जनाको ज्यान गएको छ। त्यहाँ रहेका यस जोखिम कार्यमा समय बिताएका महिलामा अहिले पलाएको आत्मविश्वास अजिबकै छ। उनीहरू भविष्यमा यस किसिमको कामका लागि संसारका अन्य देशमा पनि सहयोग गर्न तयार रहेको बताउँछन्। अंगोलका यी बहादुर महिलाको आवश्यकता सायद संसारका अन्य देशमा पनि पर्न सक्छ।
स्रोत : बीबीसी

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : १८ बजे

किस्ट अस्पताल पुगेर जेन-जीको नाममा हिंसा भड्काउन खोज्नेलाई लखेट्यो प्रहरीले

काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

झापा– नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको

पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि

पाटन– ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन

सुनसरीको हरिनगरमा दुई समूहबीच झडप, हिंसा रोक्न सेनासहितको संयुक्त गस्ती

सुनसरी- सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा

सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ?

काठमाडौं– बलिउड  सुपरस्टार शाहरुख खानले चार वर्षको लामो ब्रेकपछि २०२३