युभेन्ट्स र इन्टरको खेलमा तीन खेलाडीलाई रातो कार्ड   « Khabarhub

युभेन्ट्स र इन्टरको खेलमा तीन खेलाडीलाई रातो कार्ड  


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीनवटा रातो कार्ड देखाइएको खेलमा युभेन्ट्स र इन्टर मिलान बराबरीमा टुंगिएका छन् ।

कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा भिडेका युभेन्टस र मिलान रातो कार्डका बाबजुद १–१ को बराबरी खेलेका छन् ।

पहिलो हाफमा गोलरहित भए पनि अत्यन्त रोचक भिडन्त देखिएको सो खेलको अन्तिम समय अर्थात् ८३औं मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए तर इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याएपछि खेल बराबरीमा टुंगियो ।

एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति भएको सो खेलमा रेफ्रीले तीन खेलाडीलाई रातो कार्ड देखाए। इन्टरका कप्तान समिर हान्डानोभिक, युभेन्टसका लुकाकु र जुआन कोर्डाडोले रातो कार्ड पाएका हुन्।

गोललगत्तै समर्थकमाझ खराब व्यवहार गरेपछि रेफ्रीले लुकाकुलाई दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । खेल सकिएलगत्तै झगडा गर्न पुगेपछि युभेन्ट्सका अर्का खेलाडी कोर्डाडो पनि रातो कार्ड खानेमा परेका छन् । सोही झगडामा सामेल भए पछि मिलानका कप्तानलाई पनि रातो कार्ड दिइएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै